विदेशमा भएका नेपाली युवायुवती भ्रमण वर्षकाे सद्भावना दूत: मन्त्री भट्टराई

उनले भने, ‘उहाँहरूले भ्रमण वर्षको विषयमा दुई शब्द भए पनि विदेशीलाई जानकारी गराउनुपर्छ।’ 

सास्कृतिक, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष–२०२० भव्य रूपमा सम्पन्न गर्ने बताएका छन्।

आइतबार पर्यटन विकास बोर्डमा भएको कार्यक्रममा  मन्त्री भट्टराईले नेपालमा ठूलो आयोजना सम्भव रहेको बताए। ‘हामी देखाउने छौं। नेपालमा पनि ठूलो आयोजना सम्भव छ’, उनले भने। 

एयरलाइन्स सञ्चालन गर्ने अवधि अपुग भएको भन्दै उनले छिटै यसको पनि टुँगो लाग्ने बताए। कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले चार वटा राजमार्गको काम पनि भइरहेको बताए। उनले भने, ‘रेल्वे सम्बन्धि छलफल भइरहेको छ।’

उनले देशको कूल गाह्रस्थ आम्दानीमा पर्यटन क्षेत्रले ३ प्रतिशत स्थान ओगटेको बताउदंै भने, ‘यसलाई १० प्रतिशतसम्म पुर्याउने हाम्रो लक्ष्य छ।’

मन्त्री भट्टराईले भ्रमण वर्षको प्रचार–प्रसारका लागि स्कुल गेट स्कुल बस तथा कार्यालय स्थलमा समेत भ्रमण वर्षको चिन्ह राख्ने बताए। 

विदेशमा भएका नेपाली युवायुवती भ्रमण वर्षको सद्भावना दूत भएको बताउदै उनले भने, ‘उहाँहरूले भ्रमण वर्षको विषयमा दुई शब्द भए पनि विदेशीलाई जानकारी गराउनुपर्छ।’ 

 उनले भ्रमण वर्षको झल्को दिन जनवरी १ अर्थात् पुस १६ गते काठमाडौँमा मात्रै नभई सातै वटै प्रदेशमा मार्च पास गराइने बताए। काठमाडौंमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिको उपस्थिति रहने छ। 
 

प्रकाशित मिति: : 2019-12-23 07:46:07

प्रतिकृया दिनुहोस्