कृषि ऋण पाउँदैनन् युवा, ‘स्वरोजगार’ अभियान लथालिङ्‍ग

धनुषाको लक्ष्मिनिया गाउँपालिका-६, बगेवाका रोशन यादवले व्यावसायिक खेती गर्ने सोच बनाए। उनले अभिभावकसँग केही रकम मागे। तर, त्यति रकमले मात्र पुगेन।

सहुलियत ब्याजदरमा ऋण लिन उनी जनकपुरधामस्थित कृषि विकास बैँक पुगे। तर, कृषि फर्म दार्ता गरेपछि मात्रै ऋण दिने भन्दै बैंकले उनलाई फर्कायो।

कृषि फर्म दर्ता गराउन घरेलु उद्योग कार्यालय पुगे उनी।

‘अब यो काम स्थानीय तहमै हुन्छ,’ त्यहाँबाट पनि कर्मचारीले फर्काए।

उनी गाउँपालिका कार्यालयमा फर्म दर्ता गर्न पुगे। तर, त्यहाँ पनि कर्मचारीले उनलाई अहिले फर्म दर्ता नहुने भन्दै पठाए। उनी निरास भएर सहुलियत कर्जाको पछाडि दौड्नै छाडे।

गाउँकै साहुसँग ३६ प्रतिशत ब्याजदरमा ऋण लिएर रोशनले खेती सुरु गरे।

प्रकाशित मिति: : 2019-12-23 21:02:46

प्रतिकृया दिनुहोस्