मानव बेचविखनविरुद्धको काम गर्न खोलिएका संस्थाहरु नै बेचविखनमा लागे: महिलामन्त्री

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचविखनविरुद्धको काम गर्न खोलिएका संस्थाहरु नै मानवबेचविखनमा लागि परेको बताएका छन्।

सोमबार आफन्त नेपालले प्रकाशन गरेको पीडित केन्द्रित वैज्ञानिक अन्तरवार्ता नामक स्रोत सामग्री पुस्तिकाको विमोचन गर्दै मन्त्री गुरुङले मानव बेचविखनविरुद्धको काम गर्न खोलिएका संस्थाहरु नै मानवबेचविखनमा लागि परेको भन्दै त्यस्ता व्यक्तिको पहिचानमा लाग्न आवश्यक रहेको बताए।

उनले म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन दिन्न भन्ने नेपाल सरकारको अभियानमा भ्रष्टाचारविरुद्ध लागि पर्ने अभियान्ता नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए।

मन्त्री गुरुङले मानव बेचबिखन हुनुको मुख्य कारण गरिवी रहेको औंल्याउँदै त्यसको अन्त्य गर्ने अभियानमा अघि बढेका सबै संघ, संस्थासँग सहकार्य गरेर अघि बढन सरकार प्रतिवद्ध रहेको बताए।

उनले मानव बेचबिखन लगायतका घटना हुन नदिन गरिवी निवारणको क्षेत्रमा इमान्दार भएर काम गर्न सबै सामाजिक संघ, संस्थाहरुलाई आग्रह समेत गरे। 

कार्यक्रममा विज्ञहरुले मानव बेचबिखन र महिला हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन त्यसका कारणहरुको खोजी गर्नुपर्ने आवश्यक्ता औंल्याएको थिए।

प्रकाशित मिति: : 2019-12-24 04:25:23

प्रतिकृया दिनुहोस्