असमका नेपालीभाषी आन्दाेलनमा, भारत सरकारद्धारा कर्फ्यु घाेषणा

Agency

भारतको राज्य सभा र लोक सभाले नागरिकता संशोधन विधेयकलाई संसदबाट पारित गरेपछि भारतको पूर्वाेत्तर राज्य असमका गाेरखाली माझ चरम असन्तुष्टी बढेसँगै सरकार विराेधी आन्दाेलन सुरु भएकाे छ। 

आन्दोलनको नेतृत्व गोर्खा छात्र संघले गरेको छ। बिहीबार प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा दर्जनौं नेपालीभाषी आन्दोलनकारी घाइते भएका छन्। जारी आन्दोलनलाई सन् १९७९ मा असममा भएको आन्दोलनसँग तुलना गरिएको छ। आन्दोलनले हिंसात्मक रुप लिएपछि असम राज्यका प्रायः ठाउँमा १ सय ४४ धारा लागु गरिएको स्थानीय बिजय मगरले बताए।

नागरिकता संशोधन विधेयक पारित भएपछि आन्दोलनको केन्द्रबिन्दु असमको राजधानी दिसपुर बनेको छ। यी ठाउँमा अनिश्चितकालका लागि कर्फ्यु लगाइएको छ। दिसपुर, गुवाहाटीलगायत क्षेत्रमा ठूलो मात्रामा सरक्षाकर्मी खटाइएको छ। कर्फ्यु जारी गरिएका ठाउँमा आन्दोलनकारी देखा नपरेकाे विभिन्न समाचार एजेन्सीले बताएका छन्।

सरकारी तथ्यांक राष्ट्रिय नागरिक रजिस्टरमा लगभग एक लाख ७० नेपालीभाषीको नाम नभएका कारण आन्दाेलनले उग्ररुप लिदै छ। 

यस क्षेत्रका जनताहरु विधेयकको विरोध गदै सडकमा उत्रिएका छन्। असम, अरुणाचल प्रदेश, मेघालय र अन्य राज्यमा पनि बिरोध प्रदर्शन तीव्र हुँदै गएको छ। आन्दोलनका कारण हवाई उडानहरू प्रभावित बनेका छन्। विधेयकमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट भारतमा शरण लिँदै आएका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतको नागरिकता दिने उल्लेख छ। विधेयकमा मुस्लिम उल्लेख छैन।

 

प्रकाशित मिति: : 2019-12-12 14:57:20

प्रतिकृया दिनुहोस्