सूचना आयोगबाट भएका कामकारबाही बारेमा प्रविधि समितिलाई चासो

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय सूचना आयोगबाट सम्पादन भएका कामकारबाही बारे जानकारी लिएको छ। 

राष्ट्रियसूचना आयोगबाट सम्पादन भएका कामकारबाही बारे छलफल गर्न आयोजित सोमबारको विकास तथा प्रविधि समितिको  बैठकमा आयोगको कामकारबाही बारे जानकारी लिएको हो। 

बैठकमा सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले त्रिभुवन विश्वविद्यालयको उत्तर पुस्तिका हेर्न पाउने प्रबन्ध मिलाएको, लोक सेवा आयोग, शिक्षक सेवा आयोग,पुरातत्व विभाग, नेपाल बैंक लिमिटेड,चार्टड एकाउण्टेड संस्था जस्ता निकायले लिएको परिक्षाको प्राप्ताङ्क जान्न पाउने हक सुनिश्चित गरेको समितिमा जानकारी गरारे। 

उनले नेपाल र भारतकोबीचमा भएको पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको विधान दिनु, माथिल्लो कर्णालीमा लगानी बोर्ड र जिएमआरबीच भएको पिडिए सम्झौता दिनु, नेपाल र चीन सरकारबीच भएको हवाइ खरिद सम्झौता दिनु,त्यस्तै नेपालमा बन्न लागेको नर्सिङ गार्ड जलविद्युत आयोजनाको परामर्शलाता नियुक्त गर्ने सम्झौता दिनु भन्ने लगायत आदेश जारी गरेको जानकारी गराए।

छलफलमा समिति सदस्य गणेश पहाडीले सुचनाको हक सम्बन्धी भएका कानुनहरुलाई प्रभावकारी बनाउनु अहिलेको चुनौती भएको धारणा राखे। त्यस्तै अन्य सदस्यहरुले नेपालमा सुचनाको हकलाई मौलिक अधिकारको रुपमा व्यवस्था गरिएपनि त्यसको कार्यान्वयन हुन नसकेको गुनासो गरेका थिए।

प्रकाशित मिति: : 2019-12-24 05:26:42

प्रतिकृया दिनुहोस्