भुपेन्द्र र मिनुको भब्य स्वागत

रजत विजेता दुवै खेलाडी हालै सम्पन्न १३ औं सागका स्वर्णधारी हुन्।

बिएल संवाददाता

काठमाडाैं, पुस ७

चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई नेपाल बक्सिङ संघले सोमबार भब्य स्वागत गरेको छ।

उक्त प्रतियोगिताका रजत विजेताद्वय भुपेन्द्र थापा र मिनु गुरुङलाई बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य समेत रहेका बक्सिङ संघका उपाध्यक्ष अर्जुनबहादुर केसी, मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतका पदाधिकारी, खेलाडी, पदक विजेताका परिवारलगायतले सोमबार स्वागत गरे । रजत विजेता दुवै खेलाडी हालै सम्पन्न १३ औं सागका स्वर्णधारी हुन्।

स्वागत कार्यक्रममा अध्यक्ष अवालेले यो अनुभवले एसियाली तथा ओलम्पिक खेलकुदमा राम्रो नतिजा ल्याउन मद्दत पुग्ने धारणा व्यक्त गरे । राखेपका सदस्य केसीले जुनसुकै प्रतियोगितामा पनि प्रतिद्वन्द्वीलाई कडा चुनौति दिन नेपाली खेलाडी सक्षम रहेको धारणा व्यक्त गरे ।

पदक विजेता दुवै खेलाडीले स्वर्ण नजिक पुगरे पनि असफल भएकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा कमि कमजोरीलाई सुधार्दै स्वर्ण जित्न प्रयासरत रहने बताए।

प्रकाशित मिति: : 2019-12-24 06:39:18

प्रतिकृया दिनुहोस्