नयाँ नक्सा सार्वजनिक गरेर स्वाधिनताको रक्षा गर्न समाजवादी का‌ंग्रेसको माग

नेपाल समाजवादी कांग्रेसले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका भूभाग समेटिएको नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

समाजवादी कांग्रेसले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरेर नयाँ नक्सा सार्वजनिक गरी स्वाधिनताको रक्षा गर्न सरकारसंग माग गरेको हो। पार्टीका अध्यक्ष गोविन्द निरौलाले धर्म, संस्कृति र सम्पदामाथि अतिक्रमण हुन थालेको भन्दै सम्पदा बचाउने अभियानमा सरिक हुन आग्रह समेत गरे। 

देशमा भ्रष्टाचार, अनियमितता, कालोबजारी र महंगी बढ्दासमेत सरकार मौन रहेको उहाँले आरोप लगाए। उनले वर्तमान सरकारसँग विचार र नीति नरहेको भन्दै आफूहरु सरकार विरोधी भएको बताए।

कार्यक्रममा समाजवादी काग्रेसले विभिन्न १० बुँदे माग गर्दै सरकारलाई स्मरण पत्र बुझाएको छ। उक्त पत्रमा देशमा हुने गरेको अन्याय, अत्याचार, भ्रष्टाचार, कालोबजारी, विकास निर्माणमा हुने ढिलासुती, हत्या, अपहरण लगायत घटना तत्काल रोक्न माग गरेको छ। 

समाजवादी कांग्रेसले आफूहरुले बुझाएको स्मरण पत्र सरकारले तत्काल पूरा गर्नेमा आफ्नो पार्टी विश्वस्त रहेको भन्दै अन्यथा सरकार स्वयम जिम्मेवारी हुने उल्लेख गरेको छ। 

प्रकाशित मिति: : 2019-12-25 06:53:12

प्रतिकृया दिनुहोस्