घर तथा गाडी कर्जामा कस्दै राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरणका लागि नयाँ व्यवस्था अनिवार्य

नेपाल राष्ट्र बैंकले घरकर्जा तथा गाडी कर्जामा जटिलता थपिनेगरी नयाँ निर्देशन जारी गरेको छ । बैंकले मंगलबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत कायम गर्नुपर्ने निर्देशन जारी गरेको हो ।

केन्द्रीय बैंकले गरेको सर्कुलरअनुसार मासिक ५० हजार रुपैयाँ आम्दानी गर्नेले २५ हजार रुपैयाँसम्म किस्ता तिर्ने गरेर मात्र ऋण प्राप्त गर्न सक्नेछन् । यदि किस्ता रकम २५ हजारभन्दा बढी पर्ने भएमा उसले ऋण नपाउने नयाँ प्रावधान थपिएको छ ।

प्रकाशित मिति: : 2019-12-25 22:00:29

प्रतिकृया दिनुहोस्