भारतकी टेलिभिजन प्रस्तोता जगी जोन भान्सामा मृत भेटिएकी छिन्।
गत सोमबार साँझ केरलास्थित तिरुवनंतपुरमको आफ्नै फ्ल्याटको भान्सा कोठामा उनी मृत भेटिएकी हुन्।
आमाका अनुसार उनकी छोरी जोन भान्साका खाना पकाउँदै थिइन्। उनको मृत्युबारे भने छिमेकीले पत्ता लगाएका थिए।
४५ वर्षीया टिभी प्रस्तोताले खाना पकाउने कार्यक्रम जगीज कुकबुकबाट नाम कमाएकी थिइन्।
उनको शवलाई पोष्टमार्टमका लागि मंगलबार पठाइएको एएनआइले जनाएको छ।