लियो र केमिला थुप्रै पल्ट सार्वजनिक ठाउँमा देखा परिसकेका छन्। तर, लियो केही समयअघि चर्चित मोडल केन्डल जेनरसँग पनि एउटा क्लबमा देखा परेका थिए।
ओस्कार अवार्ड बिजेता लियोनार्दो डि क्याप्रियोकी आमा इरमेलिन आफ्नो छोराको बिहे छिट्टै उनको प्रेमिका केमिला मोरोनसँग होस् भन्ने चाहन्छिन्। अंग्रेजी वेभसाइड राडार अनलाइनमा प्रकासित लेखअनुसार इरमेलिनलाई डर छ, लियोको बानी ब्यहोराका कारण उनले असल प्रेमिकालाई गुमाउने खतरा छ।
लियो र केमिला थुप्रै पल्ट सार्वजनिक ठाउँमा देखा परिसकेका छन्। तर, लियो केही समयअघि चर्चित मोडल केन्डल जेनरसँग पनि एउटा क्लबमा देखा परेका थिए।
केमिला हलिउडका चर्चित अभिनेता अल पचिनोको छोरी हुन्। वेभसाइटका अनुसार इरमेलिन छोरा र प्रेमिका केमिलासँग इटालीमा छुट्टी मनाउन गएकी थिइन। यसपछि उनलाई लागेको थियो, आफ्नो छोराका लागि केमिला उपयुक्त पात्र हुन्।
लियोको धोका दिने व्यवहारबाट आमा यति बेला केही चिन्तित छिन्। उनी केमिला जस्तो बुहारी घरमा भित्र्याउन चाहन्छिन्।
अल पचिनोको छोरी भएका कारण लियोको धोका दिने बानीबाट उनी बिच्किन सक्ने आशंका छ, उनलाई।