गोकर्ण लिज ‘कौडीको मूल्य’मा भन्नु निराधार, लिज थप्दा २ सय १६ प्रतिशत बढी भाडा

नेपालन्यूज

काठमाडौं

सरकारले पूरानोभन्दा २ सय १६ प्रतिशत बढी भाडा लिएर गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि थप्ने निर्णय गरेको पाइएको छ।

गोकर्ण फरेस्ट क्षेत्र सरकारले एक करोड ८२ लाख ३ हजार २ सय ५ डलर अर्थात् एक अर्ब २३ करोड ३८ लाख ४५ हजार ३ सय ७० रुपैयाँमा लिजमा दिएको छ।

यसअघि सन् १९९५ अगस्ट १६ मा तत्कालीन राजदरबारले एलएम सुभिर ब्रदर्स प्रालिलाई ५० लाख डलर अर्थात् ५५ करोड रुपैयाँमा ३० वर्षका लागि लिजमा दिएको थियो। 

प्रकाशित मिति: : 2019-12-27 06:31:50

प्रतिकृया दिनुहोस्