ब्युताइँदै मल्लकालीन इतिहास : ग्रहणका दिन पारेर तलेजुको नगरा पुनर्स्थापना

ईश्वी संवत् २०२० का लागि पूरै विश्व प्रतीक्षारत रहँदा नेपाल आगामी भ्रमण वर्ष २०२० का लागि उद्यत छ। यसै सन्दर्भलाई जोडेर देशभर विभिन्न कार्यक्रमको उद्घोष भइरहेका छन्।

भक्तपुरमा पनि आगामी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी मल्लकालीन इतिहासलाई ब्युँताउने प्रयास गरिएको छ।

प्रसङ्‍ग हो, भक्तपुर दरबारस्थित तलेजुको ठुल्ठूला नगरा जोडीको। भक्तपुरको ५५-झ्याले दरबारमा रहेको स्वर्ण द्वार (अङ्ग्रेजीमा गोल्डेन गेट भनी परिचित)बाट भित्र छिरेपछि अर्को एउटा ढोका आउँछ, त्यसभित्र दुईवटा पाटीजस्ता ठाउँमा राखिएको थियो, एक जोडी ठूलो नगरा।

प्रकाशित मिति: : 2019-12-29 20:28:36

प्रतिकृया दिनुहोस्