सभामुखबारे टुङ्गो लगाउन बसेकाे नेकपाकाे बैठक बिना निष्कर्ष टुङ्गियाे

बिएल संवाददाता

काठमाडाै‌ं

सभामुख पदका लागि उम्मेदवार चयन गर्न बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुङ्गिएको छ।

आइतबार बिहान बसेको सचिवालय बैठकले  महासचिव विष्णु पौडेलका अनुसार सभामुख चयन, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बसेको भए पनि समयअभावका कारण छलफल हुन नसकेको हो।

सत्तारुढ दलले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा शुक्रबार प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो।

संसदको चालु अधिवेशनमा सभामुख चयन नै पहिलो प्राथमिकतामा परे पनि सत्ता पक्षले सभामुखको उम्मेदवार छान्न नसक्दा सभामुख निर्वाचन प्रक्रियामा ढिला हुँदै आएको छ।

प्रकाशित मिति: : 2019-12-30 00:18:47

प्रतिकृया दिनुहोस्