पारिवारिक निजी वन संघको अध्यक्षमा पुनः जोगराज

पारिवारिक निजी वन संघ नेपालको दोस्रो संघीय महाधिवेशनले जोगराज गिरीलाई अध्यक्षमा पुनः चयन गरेको छ। 

संघको काठमाडौंमा भएको महाधिवेशनले गिरीलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः चयन गरेको हो।

संघको बरिष्ठ उपाध्यक्षमा ईन्दिरा घिमिरे, उपाध्यक्षहरुमा क्रमशः लक्ष्मण पाठक प्रदेश नम्बर १, बृद्धि प्रसाद उप्रेती प्रदेश नम्बर २, मुक्तिनाथ तिम्सिना गण्डकी प्रदेश, सुशीला खतिवडा गण्डकी प्रदेश, मेघराज भुसाल प्रदेश नम्बर ५, ऋषि अधिकारी कर्णाली प्रदेश, छाँयादेवी देवकोटा सदूरपश्चिम प्रदेश रहेका छन्। 

यस्तै, संघको महासचिवमा आरती पाठक, सचिवमा नवीन पौडेल र कोषाध्यक्षमा राजेन्द्र भट्ट चयन भएको पत्रकार केदार चौहानले जानकारी दिएका छन्। 

यसअघि भएको महाधिवेशनलाई नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरेका थिए।

प्रकाशित मिति: : 2019-12-30 04:23:43

प्रतिकृया दिनुहोस्