इंग्लिस प्रिमियर लिग: लिग लिडर लिभरपुलको साँघुरो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले साँघुरो जित निकालेको छ।

आइतबार राति घरेलु मैदान एन्डफिल्डमा भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो।

लिभरपुललाई जित दिलाउन साडियो मानेले ४२ अौं मिनेटमा गरेको गोल न‌ै जित दिलाउन काफि रह्यो।

जितसँगै लिभरपुलले १९ खेलमा ५५ अंक जोडेको छ। दोस्रो स्थानको लेष्टर सिटीको ४२ अंक रहेको छ। पराजित वुल्भ्स ३० अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-30 20:01:06

प्रतिकृया दिनुहोस्