इंग्लिस प्रिमियर लिग: घरेलु मैदानमा सिटीले निकाल्यो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले जित निकालेको छ।

घरेलु मैदान ईतिहाद स्टेडियममा अातबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई २–० ले हराएको हो।

सिटीको जितमा सर्जियो अग्युरो र केभिन डी ब्रुईनीले एक एक गोल गरे। ५२ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए। यस्तै ब्रुईनीले ८२ औं मिनेटमा गोल गर्दै सिटीलाई २–० ले विजयी बनाए।

जितसँगै लिगको तेस्रो स्थानको सिटीले ४१ अंक जोडेको छ। सिटीले दोस्रो स्थानको लेस्टरसँगको दुरी १ अंकमा झारेको छ। सेफिल्ड २९ अंक सहित आठौं स्थानमा रहेको छ। यता लिग लिडर लिभरपुलको १९ खेलमा ५५ अंक छ।

प्रकाशित मिति: : 2019-12-30 20:12:00

प्रतिकृया दिनुहोस्