स्मार्टफोनको तुलनामा आइफोन ह्याक हुने जोखिम १ सय ६७ गुणा अत्यधिक

एजेन्सी

काठमाडाैं

हालै प्रकाशित एक रिपोर्ट अनुसार अन्य ब्राण्डका स्मार्टफोनहरूको तुलनामा आइफोन साइबर सुरक्षाको दृष्टिकोणबाट अत्यधिक असुरक्षित भएको पाइएको छ।

स्मार्टफोनको खोल बनाउने बेलायती कम्पनी केस डट ट्वान्टीफोरले गरेको अध्ययन अनुसार एन्ड्रोइड स्मार्टफोनको तुलनामा आइफोन ह्याक हुने जोखिम १ सय ६७ गुणा अत्यधिक रहेको देखाएको हो।

बेलायती प्रयोगकर्ताले गर्ने गुगल सर्चको मासिक सर्च भोल्यूम डाटा संकलनपश्चात् गरिएको विश्लेषणका आधारमा कम्पनीले रिपार्ट तयार गरेको हो।  

रिपोर्ट अनुसार १० हजार ४० जना प्रयोगकर्ताले आइफोन कसरी ह्याक गर्ने? भन्ने कुरा गुगलमा खोजी गरेका थिए।

त्यस्तै सामसुङका स्मार्टफोन ह्याक कसरी गर्ने ? भन्ने कुराको खोजी गर्नेको संख्या चाहीँ जम्मा ७ सय मात्रै थियो।

एलजी, सोनी र नोकिया ह्याक कसरी गर्न सकिन्छ ? भन्ने उपाय खोज्नेहरूको संख्याचाहिँ सबैभन्दा कम पाइयो। यीमध्ये पनि सोनी कम्पनीका स्मार्टफोन ह्याक गर्ने उपाय खोजी गर्नेको मासिक संख्या ५० भन्दा पनि कम रहेको पाइयो।
 

प्रकाशित मिति: : 2019-12-31 01:00:54

प्रतिकृया दिनुहोस्