वर्षाले प्रभावित खेलमा मेलवर्न ४ रनले विजयी

 बिगबास लिग अन्तर्गत मेलवर्न स्टार्स विजयी भएको छ। वर्षाले प्रभावित खेलमा मेलवर्नले होबर्ट हुरिक्यान्सलाई ४ रनले पराजित गरेको हो।

वर्षाको कारण ११ ओभरमा छोट्टाइएको खेलमा हुरिकेन्सले ५ विकेट गुमाएर ६९ रन बनायो।  उसका कलेब जेवेलले सर्वाधिक २६ रन बनाए। यस्तै कप्तान बेन मेक्डर्मटले १७ र सिमोन मिलेन्कोले १२ रनको योगदान गरे।

मेलबर्नका डेल स्टेन र नाथन कुण्टर नाइलले समान २/२ विकेट लिए।

त्यसपछि खेल हुने सम्भावना नरहेपछि डक वर्थ लुइस नियम अनुसार ७.३ ओभरमा ३ विकेट गुमाएर ५१ रन बनाउनुपर्नेमा मेलवर्नले ५५ रन बनाएकाले मेलवर्नलाई विजयी घोषित गरिएको थियो।

चार खेलमा तीन जित र एक हार व्यहोरेको मेलबर्न ६ अंकसहित तालिकाको दाेस्राे स्थानमा रहेको छ।

समान खेलमा हुरिकेन्स पाँचौं स्थानमा रहेको छ।
 

प्रकाशित मिति: : 2019-12-31 06:18:41

प्रतिकृया दिनुहोस्