पाउँदा फिल्ममा काम, नपाउँदा हजाम

तीन दशक पुराना लाइटम्यानको कथा

अनिल यादव

काठमाडौं

उतिबेला चन्द्रिका ठाकुरको काठमाडौंस्थित पुतलीसडकमा ‘फेमस सैलुन’ थियो। उनकै लवजमा भन्ने हो भने ‘एकदमै ब्युटिफुल’। कपाल काट्न आउने मान्छेहरुको भिड लाग्थ्यो। 

जो जस्तो हेयर स्टाइलको तस्बिर लिएर आउँथ्यो, उसको कपालमा चन्द्रिकाको कैँची त्यहीअनुसार चल्थ्यो। त्यसैले आम सर्वसाधारण मात्रै होइन, फिल्मकर्मीसमेत आफ्ना लालाबाला बोकेर कपाल कटाउन पुग्थे उनको सैलुनमा।

त्यतिबेला डिल्लीबजार बस्ने फिल्म निर्देशक शम्भु प्रधानसमेत उनको ‘कैँची कला’को फ्यान थिए।

त्यसैले छोरा चंके र छोरी चिंकीको कपाल कटाउन उनी त्यँही जान्थे।

प्रकाशित मिति: : 2019-12-31 21:04:42

प्रतिकृया दिनुहोस्