आशा सिंह एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरी अस्पतालको एआईजीमा आशा सिंहलाई सिफारिस गरेको छ ।

गृह सचिवको अध्यक्षतामा रहेको बढुवा समितिले सोमबार वरीयताक्रममा दोस्रो नम्बरमा रहेकी सिंहलाई सिफारिस गरेको हो।

गृह सचिव प्रेमकुमार राई अध्यक्ष र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव र प्रहरी महानिरीक्षक सदस्य रहेको समितिले पहिलो नम्बरमा रहेका डीआईजी मिनराज पाठकलाई पन्छाउँदै दोस्रो नम्बरकी डीआईजी सिंहलाई अस्पतालको कार्यकारी निर्देशक (प्राविधिक एआईजी) मा बढुवा सिफारिस गरेको हो।

२०७३ सालमा एएसपीबाट डीआईजीमा बढुवा हुँदा पाठक एक नम्बर र सिंह दुई नम्बरमा थिए।

प्रकाशित मिति: : 2019-12-31 23:30:04

प्रतिकृया दिनुहोस्