सरकार अधिनायकवादी दिशामा दुई कदम अगाडी बढ्याे: प्रवक्ता शर्मा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार अधिनायकवादी दिशामा दुई कदम अगाडी बढेको बताएका छन्।  

कांग्रेसको प्रष्ट विमतिका बीच संसदीय समितिबाट सूचना प्रविधि विधेयक पारित हुनुले सरकार अधिनायकवादी निशामा दुई कदम अघि बढेको प्रवक्ता शर्माको भनाइ छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत् सरकारले नागरिकको ‘फोन ट्यापीङ’ समेत गर्न सक्ने अधिकार लिन चाहेर संविधान प्रदत्त व्यक्तिगत गोपनियताको अधिकार समेत हनन गर्ने दुस्साहस गरिरहेको छ। ’

सामाजिक सञ्जालमा कसैले कसैलाई जिस्क्याएकै भरमा ५ वर्ष जेल बस्नुपर्ने, १५ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने जस्ता प्रावधान लोकतान्त्रिक राज्य व्यवस्थाको भावना र मर्म अनुरुप हुन नसक्ने प्रवक्ता शर्माको तर्क छ।  

‘राजनीति, राजनीतिकर्मी या सरकारप्रति व्यंग्य र आलोचना गर्ने नागरिक स्वतन्त्रतालाई समेत कुण्ठीत गर्ने विधेयकलाई समर्थन गर्न सकिन्न’, शर्माले भने।  

विधेयकविरुद्ध संसददेखि सडकसम्म संघर्ष गर्ने पनि बताए।  
 

प्रकाशित मिति: : 2020-01-01 06:17:52

प्रतिकृया दिनुहोस्