भ्रमण वर्ष भव्य रुपमा सफल हुन्छ: पूर्व पर्यटनमन्त्री

पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल भ्रमण वर्ष–२०२० सफल हुने विश्वास व्यक्त गरेका छन्।

भ्रमण वर्षको पूर्व सन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वमन्त्री पोखरेलले भ्रमण वर्ष भव्य रुपमा सफल हुने बताए।  सरकारले भ्रमण वर्षलाई सफल तुल्याउनको लागि सुरुदेखि नै सक्रिय रुपमा काम गरेको बताउँदै भ्रमण वर्ष सफल हुने उनको भनाई छ। उक्त पर्यटन रणनीतिलाई परिमार्जन गरेर अघि बढ्नुपर्ने सुझाव दिए।

 सरकारले सन् २०३० सम्मको लागि दिगो विकासको लक्ष्य लिएको बताउँदै उनले पर्यटन विकासलाई पनि सोहीसँग जोड्नुपर्ने धारणा राखे। त्यस्तै पूर्व पर्यटनमन्त्री दिलनाथ गिरीले विदेशमा भ्रमण वर्षको लागि प्रभावकारी प्रचारप्रसार नभएको गुनासो गरे। उनले सरकारले सोचेजस्तो पर्यटक भित्राउन सरकारले प्रयाप्त गृहकार्य गर्नुपर्ने जिकिर गरे।

नेपाल पर्यटन बोर्डका पूर्व सिईओ दिपकराज जोशीले भ्रमण वर्ष सफल हुने बताउँदैको यसको लागि पर्याप्त प्रचारप्रसार भएको स्पष्ट पारे। नेपाल विदेशी पर्यटकहरुको लागि आकर्षक गन्तव्य भएको उनको भनाई छ।  
 

प्रकाशित मिति: : 2020-01-01 11:24:38

प्रतिकृया दिनुहोस्