आउलान् २० लाख पर्यटक?

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। बितेका वर्षमा नेपाल आएका पर्यटकको सङ्ख्या हेर्ने हो भने सरकारले लिएको लक्ष्य निकै ठूलो छ, तर असम्भव भने होइन।

सन् २०१९ मा नेपाल भित्रेका पर्यटकको सङ्ख्या १२ लाख नाघेको अनुमान छ। सन् २०१९ को पछिल्लो नोभेम्बर र डिसेम्बर महिनाको तथ्याङ्‍क आउन बाँकी छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्‍क अनुसार २०१९ को जनवरीदेखि अक्टोबरसम्म कूल ९ लाख ७५ हजार ५ सय ५७ पर्यटक नेपाल भित्रिसकेका छन्। पछिल्ला बाँकी दुई महिनाको सङ्ख्या यसमा जोड्दा १२ लाख हाराहारी हुन आउँछ। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन २०१९ को भन्दा थप आठ लाख बढी पर्यटक नेपाल आउनुपर्ने हुन्छ।

प्रकाशित मिति: : 2020-01-01 21:38:59

प्रतिकृया दिनुहोस्