डाइलसिस गर्न अर्को प्रदेश

पुनम बि.सी.

सुर्खेत

वीरेन्द्रनगर-११ का डमरबहादुर चुनाराले कर्णाली प्रदेश अस्पतालमा डायलसिस सेवाका लागि सम्पर्क गरेको एक हप्ता भन्दा धेरै भइसक्यो। अस्पतालले विरामीको चापका कारण पालोमा बस्नुपर्ने बताउदै उनलाई फर्कायो र उनी अहिलेपनि पालो आउने दिन कुरिरहेका छन्।

हप्तामा दुई पटक डाइलासिस गर्नुपर्ने उनलाई घर नजिकैको प्रदेश अस्पतालमा सेवा उपलब्ध नभएपछि कोहलपुर मेडिकल कलेज धाउनुपर्ने बाध्यता छ। मृगौलामा समस्या देखिएपछि मङ्सिर यता चुनाराले नियमित डायलसिस गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-01-02 20:39:59

प्रतिकृया दिनुहोस्