आमा–छोराको प्रेम: वर्षौं वर्षसम्म बाँच !

मलाइका अरोडा र अर्जुन कपुर लामो समयदेखि सम्बन्धका कारण चर्चामा छन्। यी दुईलाई पार्टी र मस्ती गरिरहेको देखिन्छ।

अहिलेसम्म दुवैले आफूहरु प्रेम सम्बन्धमा भएको जानकारी पनि सार्वजनिक गरेका छैनन्। तर, दुवैबीचको निकटता र रोमान्टिक ट्युनिङ निकै बढेको छ।

नयाँ वर्ष २०२० को मौकामा मलाइकाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन्। जसमा उनले प्रेमी अर्जुनको गालामा चुम्बन गरिरहेको देख्न सकिन्छ। मलाइकाले क्याप्सनमा लेखेकी छिन्, ‘सन, लाइट, ह्याप्पिनेस‍‍‍‍‍‍‍..........२०२०’। फोटो हेरेपछि कतिले यो जोडीको तारिफ गर्दै नयाँ वर्षको शुभकामना दिएका छन् भने कतिले उनीहरुलाई भन्नसम्म भनेका छन्।

एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘बुढेसकालको लाठी’। एक प्रयोगकर्ताले लेखे, ‘अलिकति लाज राख मलाइका’। त्यस्तै अर्का एकले कमेन्ट गरे, ‘आमा–छोराको प्रेम......वर्षौं वर्षसम्म बाँच। ’

यस्तै अर्का प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘सरको उमेर ३४ र म्यामको ४६... ग्रेट कम्बिनेसन। ’

स्मरण रहाेस् मलाइका बलिउड सुपरस्टार सलमान खानकी पूर्व भाउजु हुन्।

सलमानका दाई अरबाज खान र मलाइकाले सन् १९९८ मा विवाह गरेका थिए। विवाह गरेको १८ वर्षपछि सन् २०१६ मा दुवै एक्ला–एक्लै बस्न थाले। सन् २०१७ मा दुवैले सम्बन्ध विच्छेद गरे। उनीहरुको एक छोरा छ।

डेक्कन क्रोनिकलका अनुसार अर्जुन र मलाइकाले आगामी महिना विवाह गर्दैछन्। दुवैले क्रिश्चियन परम्परा अनुसार विवाह गर्नेछन्।

प्रकाशित मिति: : 2020-01-02 20:56:05

प्रतिकृया दिनुहोस्