हार्दिक पाण्डेयको अभिनेत्रीसँग इनगेजमेन्ट

एजेन्सी

काठमाडौं

 भारतीय टिमका अलराउण्डर हार्दिकले सर्बियाली अभिनेत्रीसँग इनगेजमेन्ट गरेका हुन् । उनले नयाँ वर्षको पहिलो दिन बुधबार इन्स्टाग्राममा दुई पोस्ट गरेर आफ्नो इनगेजमेन्टको पुष्टि गरेका हुन् ।

हार्दिकले सर्बियाली अभिनेत्री नताशा स्टेनकोविकसँग इनजेजमेन्ट गरेका हुन् । नताशाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा हार्दिकले विवाहका लागि गरेको प्रस्तावको भिडियो पोस्ट गरेकी छन् ।

हार्दिकले नयाँ वर्षको अवसरमा गरेको पहिलो पोस्टमा नताशासँगको तस्बिर राखेर ‘स्टार्टिङ्ग द यअर विथ माई फायरवर्क’ लेखेका थिए । त्यसपछि उनले नताशालाई औँठी लगाइदिएको तथा विवाहका लागि गरेको प्रस्तावका केही तस्बिर र भिडियो पोस्ट गरेका हुन् । सो पोस्टमा उनले लेखेका छन्, ‘मैं तेरा, तू मेरी जाने, सारा हिन्दुस्तान’ लेखेका थिए ।

प्रकाशित मिति: : 2020-01-02 21:12:54

प्रतिकृया दिनुहोस्