बेरुजु फर्छौटमा नेपाल प्रहरी र सशस्त्र सर्वोत्कृष्ट

आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु फर्छौटमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सर्वोत्कृष्ट बनेको छ।

नेपाल प्रहरीले ८८.५ र सशस्त्र प्रहरीले ८६.९६ प्रतिशत बेरुजु फछर्योट गरेको हो। गृह मन्त्रालय पनि ७४.४१ र अध्यागमन विभाग ८४.६२ प्रतिशत बेरुजु फछर्यौट गरेर उत्कृष्ट बनेको छ।

उत्कृष्ट र सर्वोत्कृष्ट इकाइलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पुरस्कृत गरेका छन्। गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल १०र१० हजार रुपैयाँसहित पुरस्कृत भएका हुन्।
 

प्रकाशित मिति: : 2020-01-03 03:57:00

प्रतिकृया दिनुहोस्