धादिङको थाँक्रेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

पृथ्वीराजमार्गको थाँक्रे–१, सिम्लेबजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार थाँक्रे–१०, गैरीखर्कका ३४ वर्षीय सुमन तामाङ रहेका छन्। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख ७९८७ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४१ प ४३०६ नम्बरको मोटरसाइकललाई बिहीबार बिहानपख ठक्कर दिएको हो।

मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक भने फरार छन्। फरार मोटरसाइकल चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।
 

प्रकाशित मिति: : 2020-01-03 04:20:30

प्रतिकृया दिनुहोस्