सार्क बिउँझाउने मोदीको टेलिफोन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । फाइल तस्बिर

काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले पुनः जीवन पाउने/नपाउने बहस सुरु भएको छ। भारत–पाकिस्तान तनाव सार्कमा बाधक बन्दै आएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क क्षेत्रका नेतालाई टेलिफोन गरी शुभकामना दिइरहँदा पाकिस्तान र अफगानिस्तानको नेतृत्वसँग संवाद नहुनुले त्यस्तो बहस सुरु भएको हो। विज्ञहरूले मोदीको यस्तो व्यवहारले सार्क अघि बढ्न नसक्ने संकेतका रूपमा अथ्र्याएका छन्। भारतीय प्रधानमन्त्री मोदीले सार्क सदस्य मुलुक नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्सका राष्ट्र एवं सरकार प्रमुखलाई पालैपालो टेलिफोन गरेर नयाँ वर्ष सन् २०२० को शुभकामना दिएका थिए। तर पाकिस्तान र अफगानिस्तानका सरकार र राष्ट्र प्रमुखलाई भने उनले फोन गरेनन्।

प्रकाशित मिति: : 2020-01-03 21:24:41

प्रतिकृया दिनुहोस्