पर्यटकलाई स्वागत गर्न तयार 'मिथिला सागर'

वर्षौंदेखि जीर्ण रहेको पोखरीमा अचेल पर्यटक भरिभराउ देखिन्छ। पोखरिया भनेर चिनिने ठाउँ मिथिला सागरको नामले परिचित भइसकेको छ।

चारैतिर झारपात, फोहोर र कुरुप बनेको उक्त पोखरीले काँचुली फेरेको छ। पोखरी किनारमा गर्मी छल्न, खेल्न र आराम गर्न आउनेहरू अहिले फेरिएको तस्बिर हेरेर खुसी देखिन्छन्।

यो ठाउँ धनुषाको मिथिला नगरपालिका-७ स्थित पोखरियामा पर्छ। चुरिया पहाडमा रहेको यस स्थानमा आकर्षक पर्यटकीय ताल निर्माण गरिएको छ।

प्रकाशित मिति: : 2020-01-03 22:19:17

प्रतिकृया दिनुहोस्