डायलासिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित डायलासिसका लागि अस्पताल लगिएको छ। प्रधानमन्त्री ओलीलाई शुक्रबार अपरान्ह त्रिवि शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो। 

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई मनमोहन लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए।

थापाका अनुसार प्रधानमन्त्री ओली आजै बालुवाटर फर्किनेछन्। १२ वर्षअघि मृगौला फेरेका प्रधानमन्त्री ओलीको पछिल्लो समय प्लाज्माथेरासिसले काम नगरेपछि नियमित हेमोडायलासिस गर्दै आएका छन्।
 

प्रकाशित मिति: : 2020-01-04 05:00:48

प्रतिकृया दिनुहोस्