उद्योगी मालामाल, किसानको बेहाल

राजकरण महतो

जनकपुरधाम

जनकपुरधाम : महंगी बढ्यो। उद्योगीले चिनीको भाउ सोचेजस्तै पाउँछन्। छुवा, बकासले चिनी मिल मालिकले थप आम्दानी गर्छ। महंगीले उखु खेतीमा लगानी थपियो। तर, किसानले भने उखुको मूल्य लगानी अनुसारले पाउँदैनन्।

तीन वर्षअघिकै मूल्यमा यतिखेर किसान चिनी मिललाई उखु बुझाउन बाध्य छन्। यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकिएको छ। यो मूल्य तीन वर्ष अघिकै मूल्य हो। उखु बालीलाई सरकारले नगदे खेती सूचीमा राखेको छ। उद्योगीले उखु लिएर किसानलाई २ वर्षसम्म भुक्तानी दिँदैनन्। आफ्नै उत्पादनको मूल्य लिन किसानले आन्दोलन गर्नुपरेको किसानको गुनासो छ। ‘ऋणमै किसानले उखु उब्जाउँछन्। कर्जा काढेर त्यसको गोडमेल गर्छन्। फेरि ऋणकै भारी बोकी कटानी र ढुवानी गर्छन् तर उधारोमै बिक्री गर्नु परिरहेको छ’, उखु उत्पादक कृषक संघ रामनगर महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने।

प्रकाशित मिति: : 2020-01-04 22:02:15

प्रतिकृया दिनुहोस्