चिनियाँ राष्ट्रपतिद्धारा भष्टचारको मुद्धामा पार्टीका थप दुई नेतालाई कारवाही

तस्बिर : एजेन्सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले भष्टचारको मुद्धामा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का दुई प्रतिनिधिलाई बर्खास्त गरेका छन। उत्तर पश्चिम सानक्सी पान्तका दुई प्रतिनिधिलाई अनुशासन उल्लंघनको मुद्धामा बर्खास्त गरेका हुन। 

सन २०१२ मा सत्ताको बागडोर सम्हाले यता ६६ वर्षीय चिनफिङले सयौं शीर्ष सैन्य अधिकारीलाई भष्टचारको मुद्धामा बर्खास्त गरीसकेका छन।

पिपुल्स लिबरेशन आर्मी (पीएलए) का दर्जनौं शीर्ष जर्नेल र अधिकारीलाई भष्टचार विरोधी अभियान अन्तर्गत सत्ताको दूरुपयोग गरेको र भष्टचारलाई बढावा दिएको आरोपमा कारवाही गरिएको छ। 

पुरै चीनमा एक लाखभन्दा बढी अधिकारीलाई राष्ट्रपतिको भष्टचार विरोधी अभियान अन्तर्गत दण्डित गरिएको छ। विरोधीहरूले यसलाई राष्ट्रपति चिनफिङको शक्ति हत्याउने चालबाजीको रुपमा लिएका छन। 

चिनफिङ आफ्नो दोस्रो  कार्यकालमा माओत्से तुङपछि शक्तिशाली नेताको रुपमा उदाएका छन। उनी चिनियाँ सत्तारुढ पार्टी सीपीसी र सेना प्रमुख पनि हुन। सानक्सी उनको गृह क्षेत्र पनि हो।
 
शनिबार सीपीसीको केन्दीय अनुशासन आयोगले विज्ञप्ती सार्वजनिक गर्दै सानक्सीपान्तका प्रमुख झाओ झेङयोङ र उपगर्भनर चेन गुोकियाङलाई पार्टी र पदबाट निस्कासित गरिएको बताए। 

प्रकाशित मिति: : 2020-01-05 05:22:03

प्रतिकृया दिनुहोस्