नियन्त्रणबाहिर अस्ट्रेलियाको भीषण डढेलो : ४८ करोड वन्यजन्तु मरे, प्रधानमन्त्रीसँग जनता रुष्ट

तस्बिर : नेपालन्यूज

अस्ट्रेलियामा जारी डढेलो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन। बुसफायरले झन्डै ६३ हजार किलोमिटर क्षेत्र प्रभावित भएको छ भने १३ सय निवाससहित २५ सय भवन जलेर क्षतिग्रस्त भएका छन्।

विशेषतः न्यु साउथ वेल्स र भिक्टोरिया राज्यका विभिन्न स्थानमा यसरी डढेलोले जनजीवन तथा जीवजन्तुमा प्रभाव पारेको हो। यसअघि न्यु साउथ वेल्सले राज्यमा सङ्कटकालको घोषणा गरिसकेको छ। तापमान कीर्तिमान रूपमा वृद्धि र सुख्खा बढेसँगै सङ्कटकाल घोषणा गरिएको थियो।

प्रकाशित मिति: : 2020-01-06 06:27:29

प्रतिकृया दिनुहोस्