तमिल सुपरस्टार विजयले पारिश्रमिकको मामिलामा रजनीकान्तलाई उछिनेका छन्।
आगामी एक सिनेमाका लागि सय करोड भारू पाउने सम्झौता भएसँगे उनले पारिश्रमिकको मामिलामा रजनीकान्तलाई उछिनेका हुन्।
रजनीकान्तले आफ्नो आगामी रिलिज दरबारुका लागि ९० करोड भारू पारिश्रमिक बुझेका थिए।
सन पिक्चर्सले निर्माण गर्ने एक नाम नराखिएको सिनेमाका लागि सो रकम दिने भएको हो। सन पिक्चर्सले यसअघि उनीसँग सरकार बनाइसकेको छ।
हाल विजय मास्टर नामक सिनेमामा व्यस्त छन्। विजय अभिनित पछिल्लो रिलिज बिगिलले वक्सअफिसमा तीन सय करोड भारू कमाइ गरेको छ।