मलंगमा यस्ताे देखियाे आदित्य र दिशाको 'वाइल्ड प्रेम'

मोहित सुरीले निर्देशन गरेको नयाँ फिल्म मलंग अहिले चर्चामा रहेको छ। फेब्रुअरी ७ मा रिलिज हुने यो फिल्ममा आशिकी-२ फेम अभिनेता आदित्य रोय कपुर र अभिनेत्री दिशा पटानी मुख्य भूमिकामा रहेका छन्। हालै जारी भएको यो फिल्मको पोष्टरले अहिले बलिउड प्रेमीबीच तहल्का मच्च्याएको छ।

रोमान्स र बदलाको कथा रहेको मलंगको पोष्टरमा आदित्यको काधमा चढेर दिशाले किस गरेको तस्बीरले सबैको ध्यान तानेको छ।

 फिल्मको ट्याग लाइन 'अनलिज द म्याडनेस'ले पनि संकेत गर्दछ। आफ्नो बोल्ड अन्दाजले परिचित दिशाको सलमान खानसँगको फिल्म भारतपछि रिलिज हुन लागेको मलंगमा दिशा र आदित्यको बेजोड प्रेम प्रस्तुत गरेको छ।

प्रकाशित मिति: : 2020-01-07 20:37:02

प्रतिकृया दिनुहोस्