सेयर बजारमा २ लाख सक्रिय लगानीकर्ता, भन्छन्- कमिसन र दिनभरको खर्च आयो कि बिक्री गर्छाैं

अहिले सेयर खरिद-बिक्रीमा करिब २ लाख लगानीकर्ता सक्रिय रहेका छन्।

नेपाल स्टक एक्चेन्ज (नेप्से) का अनुसार, अहिले दोस्रो बजारमा कारोबार गर्न १३ लाख ५८ हजार ७ सय २७ जना लगानीकर्ता छन्। त्यसमध्ये १ लाख ९९ हजार ९८ जना लगानीकर्ता सक्रिय रूपमा दोस्रो बजारमा कारोबार गर्दै आएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए।

यसमध्ये हातको मोबाइल वा आफैं कार्यकक्षमा बसेर १६ हजार ५ सय ७३ जना लगानीकर्ताले अनलाइनमार्फत कारोबार गर्ने गरेका छन्।

प्रकाशित मिति: : 2020-01-09 20:48:43

प्रतिकृया दिनुहोस्