दीपिकाको फिल्म ‘छपाक’ विरूद्ध अर्को मुद्धा, होला रिलिज?

मुम्बई उच्च अदालतमा निर्माताले आफ्नो पक्ष राखिसकेका छन्। उनले पब्लिक डोमेनमा भएको कुरामा कपिराइट नलाग्ने तर्क राखेका छन्। 

एजेन्सी

मुम्बई

दीपिका पादुकोण अभिनित फिल्म ‘छपाक’ प्रदर्शनभन्दा पहिले नै विवादमा अल्झिन पुगेको छ। फिल्म प्रदर्शनमा रोक लगाउन माग गर्दै वकिल अपर्णा भट्टले दिल्ली अदालतमा मुद्धा दायर गरेकी छिन्। 

एसिड पीडित लक्ष्मीको जीवनीमा आधारित यस फिल्ममा आफ्नो भूमिकालाई बेवास्था गरेको भन्दै अपर्णाले मुद्धा दायर गरेकी हुन्। एसिड पीडित लक्ष्मीको पुरै मुद्धा अपर्णाले लडेकी थिइन। 

तर, उनकै जीवनीलाई आधार बनाएर फिल्म निर्माण हुँदा आफ्नो कुनै भूमिका नदेखाइएको भन्दै उनले आपत्ति जनाइन्। दिल्लीस्थित पटियाला हाउस कोर्टले यो विषयमा बिहीबार नै निर्णय गर्न सक्ने सम्भावना छ। 

‘छपाक’ को प्रदर्शनीलाई लिएर बम्बे उच्च अदालतमा पनि यसअघि एउटा मुद्धा दायर भएको थियो। यसमा पनि लेखक राकेश भारतीले आफ्नो भूमिकाको माग गरेका थिए। उनले फिल्म निर्मातासँग स्क्रिप्टको कपिराइटको विषयलाई लिएर मुद्धा दायर गरेका हुन्। उनले ‘ब्ल्याक डे’ नामबाट यसअघि आफूले यही स्क्रिप्ट लेखेको दावी गरेका छन्। यसको रजिस्ट्रेशन फरवरी २०१५ मा इन्डियन मोशन पिक्चर प्रोड्यूसर एसोसिएशनमा गरिसकेको पनि उनको दावी छ। 

मुम्बई उच्च अदालतमा निर्माताले आफ्नो पक्ष राखिसकेका छन्। उनले पब्लिक डोमेनमा भएको कुरामा कपिराइट नलाग्ने तर्क राखेका छन्। 

दीपिका गत मंगलबार दिल्लीको जेएनयू विधार्थीको प्रदर्शनमा समावेश भएकी थिइन। यसपछि सोशल मिडियामा उनको फिल्म बहिस्कार गर्ने अभियान सुरु भएको छ। ‘छपाक’ १० जनवरीमा सार्वजनिक हुँदैछ। फिल्मलाई मेघना गुलजारले निर्देशन गरेकी छिन्। फिल्म एसिड पीडित लक्ष्मी अग्रवालको कथामा आधारित छ। उनको अभिनय दीपिकाले गर्दैछिन्। दीपिकासँग यस फिल्म विक्रान्त मेसी पनि छन्। 
 

प्रकाशित मिति: : 2020-01-10 02:22:30

प्रतिकृया दिनुहोस्