पिसाब फेर्नै नपाई १० घण्टासम्म सिटी फुक्छन् ट्राफिक प्रहरी, पत्नीले झण्डै दिइन् ‘डिभोर्स’

भिडभाड बढी हुने काठमाडौं उपत्यकाका सडकमा ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीले लगातार ४–५ घण्टासम्म पिसाब गर्न नपाउने गरेको गुनासो गरेका छन् ।

उपत्यकाका ट्राफिक प्रहरी दिनदिनै १० घण्टा ड्युटी खटिन्छन् । बिहान ५ घण्टा र दिउँसो ५ घण्टा गरी दैनिक १० घण्टा ड्युटी गर्दा पिसाब फेर्न समेत नपाइने प्रहरीको गुनासो छ ।

ट्राफिक व्यवस्थापनमा खटिँदा १ मिनेट पनि यताउता गरेमा सवारीसाधन अस्तव्यस्त हुने भएकाले पिसाब फेर्न फुर्सद नहुने महानगरीय ट्राफिक प्रहरी कार्यालयका  प्रहरी जवान लीलाराम थापाले बताए । पिसाब फेर्नै नपाएपनि ट्राफिक प्रहरीले हात हल्लाउने र सिटी फुक्ने सक्रिय ड्युटी गर्नुपरिरहेको हुन्छ ।

 

प्रकाशित मिति: : 2020-01-10 05:01:09

प्रतिकृया दिनुहोस्