अक्षय कुमारको पछिल्लो रिलिज फिल्म 'गुड न्यूज'ले १४ दिनमा १८१ करोड भारु कमाएको छ। अक्षय कुमारले करिना कपुरसँग जोडी बाँधेको 'गुड न्यूज'ले दर्शकबाट राम्रो साथ पाएको छ।
पहिलो दिन शुक्रबार १८ करोड ५६ लाखको व्यापार गरको फिल्मले दोस्रो दिन शनिबार २१ करोड ७८ लाख, तेस्रो दिन आइतबार २५ करोड ६५ लाख र चौथो दिन सोमबार १३ करोड ४१ लाखको व्यापार गरेको थियाे।
यस्तै फिल्मले पाँचौँ दिन मंगलबार १६ करोड २० लाख, छैठौँ दिन बुधबार २२ करोड ५० लाख र सातौँ दिन बिहीबार १० करोड ८० लाखसहित कुल १२७ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।
फिल्म ‘गुड न्यूज’मा दुई विवाहित जोडीको कथा छ। दुबै जोडी अविभावक बन्न सकेका हुँदैनन्। यसै कारण उनीहरु आईभीएफ प्रविधिको साहरा लिन्छन्। तर उनीहरुको थरका कारण आईभीएफ सेन्टरमा स्पर्मको फेरबदल हुन्छ। फिल्म यसै कन्फ्यूजनको सेरोफेरोमा घुमेको छ।
राज मेहताको निर्देशनमा बनेको फिल्ममा अक्षय कुमारका साथै दिलजीत दोसाँझ, करिना कपूर र कियारा आडवाणीको मुख्य अभिनय रहेको छ।