जिल्ला सभापति भेलापछि अब के होला पौडेलको रणनीति ?

लोकान्तर

काठमाडाै‌ं

संस्थापन पक्षसँग द्वन्द्व बढेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूले जिल्ला सभापतिको भेला बोलाएर पार्टीभित्र आफूहरू कमजोर नरहेको सन्देश दिन खोजे ।

७७ मध्ये ४६ जिल्ला सभापति सहभागी भएको भेला राजधानीमा ३ दिनसम्म चल्यो । त्यसअघि वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिसँग परामर्श गरेर नयाँ रणनीति तय गर्ने बताएका थिए । 

अधिकांश जिल्ला सभापति भेला सकेर जिल्ला फर्किसकेका छन् । ३ दिनसम्म काठमाडौंको चिसो खाएका जिल्ला सभापतिहरू फर्किने बेलामा भने खाली हात फर्के ।

वरिष्ठ नेता पौडेलले सभापतिहरूसँगको भेलापछि तय गर्ने भनेको नयाँ रणनीति ५ बुँदे विरोधपत्रमा सीमित भएको छ । 

प्रकाशित मिति: : 2020-01-11 05:44:57

प्रतिकृया दिनुहोस्