हाकिमका हाउगुजी

भागवत खनाल

काठमाडौँ
सांकेतिक तस्बिर

दुईजना मानिस सचिवको कार्यकक्षभित्र छिरे । विनम्र स्वभावका सचिवले सम्मानसाथ सोफामा बस्न आग्रह गर्दै सोधे ‘कति कामले पाल्नुभयो होला ?’ आगन्तुक एउटै जिल्लाबाट आएका थिए । एक जनाको काम थियो योजना माग्ने र अर्काको सरुवा । सचिव विद्वान थिए । उनी नेपालको मात्र होइन भारत, अमेरिका, बेलायत, फ्रान्स आदि देशको निजामती सेवाका समेत ज्ञाता थिए ।

सार्वजनिक खरिद विषयमा उनी नाम चलेका विज्ञ र सुशासनका उम्दा विद्यार्थी र प्रखरवक्ता थिए । उनले सिंहदरबारका भित्री काममा झन्झट कम हुने ‘ड्युटी’ गर्दै पुस्तक पढेरै चौध वर्ष बिताए । सहसचिव भएपछि पनि उनी झमेला हुने कामबाट टाढै रहे । उनलाई सिद्धान्त र नीति थाह थियो, तर व्यवहार थाह थिएन । समाज र राजनीतिक एवं प्राशासनिक संस्कृतिको यथार्थ पनि थाह थिएन । सहसचिव हुँदासम्म उनी ‘सचिवहरूको कार्यशैली देखेर दिक्क लाग्छ’ भन्दै दुःख व्यक्त गर्दथे ।

प्रकाशित मिति: : 2020-01-13 06:27:53

प्रतिकृया दिनुहोस्