सभामुख कहिले कहिले बासको टुंगो अहिले

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र सभामुख चयन गर्न रस्साकस्सी छ। शीर्ष नेतृत्वको आ–आफ्नै अडानका कारण एक महिनादेखि संसद् बैठक सञ्चालन हुनसकेको छैन। सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा तेस्रो पटक संसद् बैठक स्थगित भएको छ।

तर यस्तो अन्योलको अवस्थामा सरकारले भने सभामुख बस्ने निवासको टुंगो लगाएको छ।संसद् सचिवालयकी एक महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलानपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना बालुवाटारस्थित सभामुख निवासमा सर्नुभएको थियो।

प्रकाशित मिति: : 2020-01-13 22:24:51

प्रतिकृया दिनुहोस्