कोहली यस वर्षकाे टेष्ट र वान डे टिमको कप्तान चुनिए

भारतीय कप्तान तथा ब्याट्सम्यान विराट कोहली अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को वर्षको टेष्ट तथा वान डे टिमको कप्तान चुनिएका छन्। कोहलीले सन् २०१९ मा दुवै ढाँचाको क्रिकेटमा उत्कृष्ट प्रर्दशन गरेका थिए।

उनले टेष्ट क्रिकेटमा सात दोहोरो शतक प्रहार गरेका छन्। उनले पछिल्लो बर्ष अक्टोबरमा दक्षिण अफ्रिकाविरुद्व अविजित २ सय ५४ रन बनाएका थिए।

कोहलीसँगै रोहित शर्मा, मोहम्मद शामी र कुलदीप यादव पनि वान डे टिममा परेका छन्।

बर्ष २०१९ को आइसीसीको टिम (वान डे) टिममा क्रमशः रोहित शर्मा,शाइ होप,विराट कोहली,बाबर आजम,केन विलियम्स,वेन स्टोक्स,जोस बटलर,मिसेन स्टार्क,ट्रेन्ट बोल्ट,मोहम्मद शामी, कुलदीप यादव रहेका छन्।

टेष्ट टिममा क्रमशः विराट कोहली,मयंक अग्रवाल,टाम लाथम,मार्नस लाबुशेन,स्टीभ स्मिथ,बेन स्टोक्स,बी जे वाटलिंग,प्याट कमिन्स,निल वेग्नर र नाथन लियोन रहेका छन्।

प्रकाशित मिति: : 2020-01-16 02:20:51

प्रतिकृया दिनुहोस्