चिनियाँ ऋणको पर्खाइमा सुनसरी-मरिन बहुद्देश्यीय आयोजना

मिरा खतिवडा

काठमाडौँ
फाइल तस्बिर

राष्ट्रिय गौरवको सुनसरी-मरिन बहुद्देश्यीय आयोजनाको आर्थिक वर्ष २०७३/०७४ बाट सम्भाव्यता अध्ययन सुरू गरिएको थियो। यो इन्टरमेशिन वाटर ट्रान्सफर बहुद्देश्यीय सिँचाइ आयोजनाको उद्देश्य बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउनु रहेको छ।

बाग्मती सिँचाइ आयोजनाबाट ४५ हजार ६ सय हेक्टरमा सिँचाइ सुविधा पुगेको छ। सोही आयोजनामै नयाँ पूर्वाधार थप गरेर पानी विस्तार गरिने सुनसरी-मरिन आयोजना प्रमुख सुशील आर्चायले जानकारी दिए।

प्रकाशित मिति: : 2020-01-16 17:55:24

प्रतिकृया दिनुहोस्