लण्डनमा रहेकी सोनमको साथ घट्यो एकदमै डरलाग्दो घटना

एजेन्सी

काठमाडाै‌ं

बलिउड अभिनेत्री सोनम कपूर पछिल्लो समय पतिसँग लण्डनमा बस्दै आएकी छिन्। हालै, लण्डनमा उनको साथ एकदमै डरलाग्दो घटना घटेको  ट्विटरमार्फत बताएकी छिन् । उनले ट्याक्सीमा आफूमाथि घटेको डरलाग्दो घटनाको बारेमा बताएकी हुन्। 

उनले ट्विटरमा लेखेकी छिन्, ‘हेल्लो गाइज, मैले लण्डनको उभर ट्याक्सीमा आफ्नो जिन्दगीको सबैभन्दा डरलाग्दो यात्रा गरेँ । त्यसैले सतर्क रहनुहोस्। सबैभन्दा उत्तम यात्रा सार्वजनिक यातायात र क्याब नै हो । म एकदमै धेरै डराएँ।’

सोनमले सन् २०१८ मे ८ मा भारतीय व्यवसायी आनन्द आहुजासँग प्रेम विवाह गरेकी थिइन्। 

 

प्रकाशित मिति: : 2020-01-16 18:03:39

प्रतिकृया दिनुहोस्