सन् २०२० को दशक नेपाल र भारत सहकार्यको स्वर्णिम दशक हुनेछ: माेदी

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गरेका छन्। मोरङको बुधनगरमा बनेको नेपाल भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को उद्घाटनपछि उनले सम्बोधन गरेका हुन्।

सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२० को दशक नेपाल र भारत सहकार्यको स्वर्णिम दशक हुने बताए। यो दुई देशको सम्बन्ध अझ उचाइमा पुगेको बताए।

मोदीले नेपालको विकासमा भारत विश्वसनीय साझेदार भएकोले आगामी दिनमा पनि सहकार्य गर्ने उनले बताए। भूकम्पपछि गोरखा र नुवाकोटमा भारतीय सहयोगमा बनेको घरहरु देखेर आफूलाई खुसी लागेको मोदीले सुनाए।

प्रकाशित मिति: : 2020-01-22 00:49:07

प्रतिकृया दिनुहोस्