प्रचण्डले चाखेको बहुमतको स्वाद

सन्जिब बगाले

काठमाडाै‌ं

धेरैलाई लागेको थियो प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका पूर्व सभामुख सुवास नेम्वाङलाई नै प्रतिनिधि सभाको नयाँ सभामुख बनाउने छन्।

ओलीको अडानकै कारण सभामुखका लागि सहमति हुन १ महिना बढी लाग्यो।

यो बीचमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच थुप्रै कुराकानी र छलफल भए। तर सहमति जुटेन।

प्रचण्डले सुरूदेखि नै स्थायी समिति सदस्य अग्नि सापकोटालाई अगाडि सारेका थिए। आफ्नो अडानमा प्रचण्ड अन्तिमसम्म पनि अडिग रहे जसका कारण अन्ततस् प्रधानमन्त्री ओली पछि हटे।

पार्टी एकिकरण भएदेखि नै प्रधानमन्त्री ओलीसँगको सम्भावित द्वन्द्व प्रचण्डले भरसक टार्दै आएका थिए। उनको रणनीति थियो- महाधिवेशनसम्म ओलीलाई भरसक फकाउने तर नचिढ्याउने।

प्रकाशित मिति: : 2020-01-22 03:38:20

प्रतिकृया दिनुहोस्