बलिउडकर्मी शाहरुख खानकी छोरी सुहाना बलिउडमा प्रवेश गर्ने ब्यापक हल्ला कायमै छ। न्युयोर्क युनिभर्सिटीमा अध्ययन गरिरहेकी छिन्। शाहरुखका अनुसार सुहाना अध्ययन सकेपछि अभिनयको दुनियाँमा प्रवेश गर्नेछिन्।
सुहानालाई पनि अभियमा निकै रुचि रहेका कुरा उनका बुवा शाहरुख खान स्वयमले खुलासा गरिसकेका छन्।यस कारण पनि सुहानाले छिट्टै नै बलिउडमा एन्ट्री गर्नसक्ने अनुमान गरिएको छ।
तर सुहाना अनेक कारण सामाजिक सञ्जालमा चर्चामा आउन थालेकी छन्। उनी इन्स्टाग्राम र फेसबुकमा फोटो र भिडिओ राख्दै चर्चामा छिन्। हालै सुहानाको एउटा फोटो इन्स्टाग्रममा भाइरल भएको छ। जहाँ सुहाना अनुहारको अनेक मुद्रामा देखिएकी छन्। र सेतो रंगको टप पहिरिएकी छन्।
उनको पछिल्लो फोटो उनको फ्यान क्लबले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको हो। साथै थुप्रैले प्रतिक्रिया दिँदै मन पराएका छन्। पछिल्लो समय सुहानाका तस्बिर र भिडिओले सामाजिक सञ्जालमा खुब चर्चा पाउँदै छन्।