राजनीतिक दाउपेचले ‘कोमा’मा बूढीगण्डकी

लाइसेन्स लिएको गेजुवा बेखबर

सांकेतिक तस्बिर

 निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी छलफलमै नआएपछि बूढीगण्डकी जलविद्यत् आयोजना ‘कोमा’मा पुगेको छ । चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपले नेपाल सरकारसँग लगानीको ढाँचा (मोडालिटी) बारे ०७५ पुस ४ देखि ६ गतेसम्म वार्ता गरेको थियो । फेरि छलफल गर्ने सहमति गरेर गएको चाइना गेजुवा त्यसपछि सम्पर्कविहीन छ ।

ऊर्जा मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्याल ०७४ पुसपछि गेजुवासँग सम्पर्क नभएको बताउँछन् । ‘सरकार यो आयोजना अघि बढाउन चाहन्छ, तर चिनियाँ कम्पनीसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘सरकारले त आयोजना अघि बढाउन मुआब्जा वितरणलगायतका कामहरु गरिरहेकै छ ।’

प्रकाशित मिति: : 2020-01-23 01:44:10

प्रतिकृया दिनुहोस्